२०८३ असार ७ गते , आईतबार
झापाको कनकाईमा गाडीको ठक्करबाट पैदल यात्रीको मृत्यु
झापाको कनकाईमा छोटा हात्ती गाडीको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । आज बिहान ८ः५५ बजे कनकाई नगरपालिका-८ लक्ष्मीपुरको पूर्व बस स्ट्यान्डस्थित राजमार्गमा बिर्तामोडबाट सुरुङगातर्फ जाँदै गरेको ना ४ च ४०८४ नं.को छोटा हात्ती गाडीले बाटो क्रस गर्दै गरेका पैदल यात्री कनकाई ८ बस्ने ६५ वर्षीय गर्वसिंह राईलाई ठक्कर दिएको थियो ।
घाइतेलाई उपचारको लागि बिर्ता सिटी अस्पतालमा लगी उपचार भइरहेकोमा उपचारको क्रममा बिहान ९ः३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गाडी र गाडी चालक पर्सा वीरगन्ज महानगरपालिका-१६ बस्ने ३० वर्षीय दीपक गुप्ता इलाका प्रहरी कार्यालय बिर्तामोडको नियन्त्रणमा रहेको डीएसपी कृष्णकुमार चन्दले बताए ।