२०८३ असार ७ गते , आईतबार

झापामा वृद्धवृद्धालाई ब्लाङ्केट बाँडेर मनाइयो राष्ट्रिय निर्माण दिवस

sajilo news
झापा
२०८१ मंसीर २२ गते , शनिबार
झापामा वृद्धवृद्धालाई ब्लाङ्केट बाँडेर मनाइयो राष्ट्रिय निर्माण दिवस

निर्माण व्यवसायीहरूको व्यावसायिक छाता संगठन निर्माण व्यवसायी संघ झापाले रचनात्मक ढङ्गले १७ औं राष्ट्रिय निर्माण दिवस मनाएको छ ।

संघले शनिबार झापाको कनकाईधामस्थित श्रीकृष्ण प्रणामी मन्दिर आश्रममा आश्रय लिएर बसिरहेका दुई दर्जन जति वृद्धवृद्धालाई जाडोमा न्यानोका लागि ओढ्ने कम्बल (ब्ल्यााङ्केट) वितरण गरेर दिवस मनाएको हो । शनिबार बिहानै आश्रम पुगेका संघका अध्यक्ष मिलन बस्नेत, कोशी प्रदेश अध्यक्ष मोहनप्रसाद अधिकारी, अग्रज निर्माण व्यवसायी शेरबहादुर थापा, संघका पदाधिकारी–सदस्यलगायत निर्माण व्यवसायीहरूले कम्बल वितरण गरेका थिए ।

आश्रम परिसरमा आयोजित संक्षिप्त कार्यक्रमका बीच कम्बल वितरण गरिएको थियो । संघका अध्यक्ष बस्नेतको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन महासचिव पुष्पराज निरौलाले गरेका थिए । संघले सामाजिक उत्तरदायित्वअन्तर्गत आश्रममा आश्रित वृद्धवृद्धालाई कम्बल वितरण गरिएको महासचिव निरौलाले बताए ।

संघले निर्माण दिवसकै अवसर पारेर शनिबार नै झापाको धार्मिक तथा पर्यटकीय स्थल धनुषकोटीधामको वनभोज स्थलमा बृहत् वनभोज पनि आयोजना गरेको संघका कार्यालय सचिव ज्योति पौडेलले बताए ।

निर्माण व्यवसायी संघ झापाको १६ औं वार्षिक साधारणसभा तथा अधिवेशन आगामी पुस पुस २१ र २२ गते बिर्तामोडमा गर्ने निर्णय भइसकेको छ । यो साधारणसभा तथा अधिवेशनले आगामी तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने भएकोले झापाली निर्माण व्यवसायी माझ चुनावी चहलपहल पनि सुरु भइसकेको बुझिएको छ । 

सम्बन्धित समाचार