२०८३ असार ७ गते , आईतबार

चौतर्फी आलोचनापछि पाथीभरा मन्दिरको घण्टी बिक्री स्थगन

sajilo news
झापा
२०८१ मंसीर २२ गते , शनिबार
चौतर्फी आलोचनापछि पाथीभरा मन्दिरको घण्टी बिक्री स्थगन

पाथीभरा क्षेत्र विकास समितिले पाथीभरा मन्दिरमा सङ्कलन भएका पुराना घण्टी बिक्री प्रक्रिया स्थगित गरिएको छ । घण्टी बिक्रीको विषयलाई लिएर विभिन्न टीकाटिप्पणी आएपछि समितिले सो घण्टी बिक्री प्रक्रिया स्थगन गरेको हो ।
समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङको जारी विज्ञप्तिमा भक्तजन, बुद्धिजीवी, सरोकारवाला र समुदायबाट प्राप्त सुझावका आधारमा घण्टी लिलामी रोक्ने निर्णय गरिएको जानकारी दिए ।
समितिले लिलामी प्रक्रिया स्थगित भए पनि यसबारे थप निर्णय आगामी बैठकमा गरिने विज्ञप्तिमा जनाएको छ । मंसिर १४ गते पुराना घण्टी लिलामी बिक्रीका लागि सार्वजनिक सूचना प्रकाशित गरेको थियो ।
विभिन्न भक्तजनहरूले पाथीभरामा चढाएका १६ हजार तीन सय ७८ किलो एक सय ग्राम पुराना बिक्रीका लागि घण्टी प्रतिकिलो न्यूनतम रु तीन सय ८० तोकिएर बिक्री प्रक्रिया अगाडि बढाएको थियो । सामाजिक सञ्जालहरूमा घण्टी बिक्रीका विषयलाई विभिन्न आलोचनाहरू आएपछि समितिले पुराना घण्टी लिलामी बिक्री प्रक्रिया स्थगन गरेको हो ।

सम्बन्धित समाचार