२०८१ माघ २ गते , बुधबार

महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस : भद्रपुरमा तीन जना सम्मानित

sajilo news
झापा
२०८१ मंसीर २० गते , विहीबार
महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस : भद्रपुरमा तीन जना सम्मानित

भद्रपुर । भद्रपुरमा २१ औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको तीन जना सम्मानित भएका छन् ।  दिवसको अवसरमा भद्रपुर नगरपालिकाको सभा हलमा बिहीबार महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका भद्रपुरले आयोजना गरेको कार्यक्रममा वडा नम्बर १ की डम्बरकुमारी श्रेष्ठ  वडा ६ की प्रवीण अलि र वडा १० की योगमाया भण्डारीलाई मायाको चिनोसहित सम्मान गरिएको हो । नगरको १० वटा वडामा खटिएका ४९ जना स्वास्थ्य स्वयंसेविकामध्ये तीनै जनालाई नगर प्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की र प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले सम्मान पत्र प्रदान गरेका थिए । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर प्रमुख पोखरेलले मातृ तथा शिशुको स्वास्थ्यमा अहोरात्र खटिएर महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्न स्वास्थ्य स्वयंसेविकालाई धन्यवाद दिएका छन् ।

स्वास्थ्य स्वयंसेविकालाई नगरपालिकाले सोचेजस्तो सेवा सुविधा दिन नसकेको बताउँदै उनले भने, 'यस विषयमा नगरपालिका गम्भीर छ, आएका समस्याहरूलाई सहकार्य गरी अघि बढाउँछौ ।' उनले स्वयंसेविकालाई संवेदनशील भएर काम गर्न पनि आग्रह गरेका छन् । स्वास्थ्य स्वयंसेविका भद्रपुरका नगर अध्यक्ष सीता आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख कार्की, प्रमुख प्रशासकीय अधिकृत निरौला लगायतले मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सचिव शिला खडकाले गरेकी थिइन् ।

 

सम्बन्धित समाचार