२०८३ असार ७ गते , आईतबार

वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गर्ने दुई जना पक्राउ

sajilo news
झापा
२०८१ मंसीर १७ गते , सोमबार
वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारमा विभिन्न देशमा पठाइदिने भन्दै ठगी गर्ने दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका-२० भीमसेन स्थानका ४४ वर्षीय नीराजन मानन्धर र पाल्पाको पूर्व खोला गाउँपालिका-५ वीर कोट घर भई हाल काठमाडौँको नयाँ बसपार्क बस्ने ३० वर्षीय चन्द्र प्रकाश झेडी रहेका छन्।  

मानन्धरले इजरायल पठाइदिने भन्दै २ लाख र झेडीले बोस्निया पठाइदिने भन्दै दुई लाख लिएर सम्पर्कविहीन भएका थिए। बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरूमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखेपश्चात् विदेश नपठाई सम्पर्कविहीन भएपछि उजुरी परेको थियो। 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँको टेकुबाट पक्राउ गरेको हो। पक्राउ परेका दुवै जनालाई अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ। 

सम्बन्धित समाचार