२०८३ असार ७ गते , आईतबार

तस्करले माई खोलामा बगाएर ल्याएको काठ बरामद

sajilo news
झापा
२०८१ मंसीर १७ गते , सोमबार
तस्करले माई खोलामा बगाएर ल्याएको काठ बरामद

तस्करहरूले माई खोलामा बगाएर ल्याउँदै गरेको सखुवाको गोलिया काठ प्रहरीले बरामद गरेको छ । हिजो दिउँसो ४.५० बजे शिवसताक्षी नगरपालिका-१० दोमुखास्थित माई खोलामा बगाएर ल्याउँदै गरेको अन्दाजी १ लाख २० हजार मूल्य बराबरको करिब ४० क्यु.फिट काठ प्रहरीले बरामद गरेको हो।

अस्थायी प्रहरी चौकी माईधारबाट खटिएको प्रहरी टोलीले काठ फेला पारी आवश्यक कारबाहीको लागि गैँडे सामुदायिक वन उपभोक्ता समितिलाई बुझाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार