२०८३ बैशाख २३ गते , बुधबार
मेची पुलमा ब्राउन सुगरसहित उदयपुरका युवक पक्राउ
मेची पुलमा लागूऔषध ब्राउन सुगरसहित उदयपुरका एक युवक पक्राउ परेका छन् । हिजो साँझ ५.१० बजे मेची पुलमा भारतबाट नेपालतर्फ आउँदै गरेको को १२ प ४५७३ नम्बरको मोटरसाइकलका चालक उदयपुर चौडण्दीगढी नगरपालिका-१ घर भई हाल इटहरी उपमहानगरपालिका-१९ बस्ने २८ वर्षीय जीवन कामी ब्राउन सुगरसहित पक्राउ परेका हुन् ।
शङ्का लागेर चेकजाँच गर्दा उनको साथबाट प्लास्टिकसहित ४ ग्राम ब्राउन सुगर फेल परेको थियो । मोटरसाइकलसहित नियन्त्रणमा लिई उनलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।