२०८१ मंसीर २० गते , विहीबार

रामेछाप जिप दुर्घटना: मृतक पाँचमध्ये चार जनाको पहिचान खुल्यो

sajilo news
झापा
२०८१ मंसीर १४ गते , शुक्रबार
रामेछाप जिप दुर्घटना: मृतक पाँचमध्ये चार जनाको पहिचान खुल्यो

रामेछापमा शुक्रबार दिउँसो सुमो दुर्घटनामा परेर मृत्यु भएका पाँच जनामध्ये चारको पहिचान खुलेको छ।  मृत्यु हुनेमा रामेछापको गोकुलगंगा गाउँपालिका-४ का वडाध्यक्ष ४५ वर्षीय रामचन्द्र बस्नेत, मन्थली  नगरपालिका-१० चिसापानीका ३५ वर्षीय हिरा बहादुर कार्की र गोकुलगंगा गाउँपालिका-५ का ३० वर्षीया कविता कार्की खड्का रहेका छन्। 

काठमाडौँबाट बेतालीतर्फ जाँदै गरेको ना १ ज ७१२३ नम्बरको फोर्स गाडी गोकुलगंगा गाउँपालिका-६ सिमलडाँडामा दुर्घटना भएको हो। 

कास्कीको लेखनाथ नगरपालिकाका ४२ वर्षीया केशव शर्मा र गोकुलगंगा गाउँपालिका-४ बेतालीकी २७ वर्षीया सरस्वती कार्की घाइते भएका छन्। एक जना घाइतेको पहिचान खुलेको छैन। दुर्घटनामा घाइते भएका ३ जनालाई उपचारको लागि मन्थली पठाइएको छ। 

सम्बन्धित समाचार