२०८३ बैशाख २४ गते , विहीबार
झापामा फलामे रड प्रहार गरी एकजनाको हत्या, आराेपी राजवंशी पक्राउ
झापामा फलामे रड प्रहार गरी एकजनाको हत्या गरिएको छ । रड प्रहारबाट बाह्रदशी गाउँपालिका- ५ निवासी ४५ वर्षीय गंगालाल माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घाइते माझीलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको हो ।
शनिबार राति आपसी विवादकाे क्रममा बाह्रदशी-५ कै मानकुमार राजवंशीले माझीलाई रड प्रहार गरेका थिए । हत्या आराेपमा राजवंशीलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको जनाइएको छ ।