२०८३ असार ५ गते , शुक्रबार

घरबाट बेपत्ता भएका झापाका खत्री मृत भेटिए

sajilo news
झापा
२०८१ मंसीर १ गते , शनिबार
घरबाट बेपत्ता भएका झापाका खत्री मृत भेटिए

तीन दिनअघि घरबाट बेपत्ता भएका झापा गाउँपालिका- ४ खयरवारी बस्ने ६५ वर्षीय गणेशबहादुर खत्री मृत फेला परेका छन् । आज बिहान झापा गाउँपालिका १ सुरुघुट्टुस्थित ठुलो माई खोलामा डुबेको अवस्थामा उनी मृत फेला परेका हुन् । गत कात्तिक २८ गते बुधवार बिहान ११ बजे खत्री घरबाट बेपता भएका थिए । आफन्तकोमा समेत खोजतलास गर्दा नभेटिएपछि उनको खोजीका लागि लागि प्रहरीलाई समेत जानकारी दिइएको थियो ।

सम्बन्धित समाचार