२०८३ असार ५ गते , शुक्रबार
मेचीनगरमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु
झापाको मेचीनगरमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ ।
मृत्यु हुने इलाम रोङ गाउँपालिका ३ कोल्बुङ बस्ने अन्दाजी ५५ वर्षीय इन्द्रबहादुर गुरुङ रहेको प्रहरीले जनाएको छ ।
शुक्रवार साँझ ६ः२० बजे मेचीनगर नगरपालिका- १० स्थित पूर्वपश्चिम राजमार्गमा चारआलीबाट धुलाबारीतर्फ जाँदै गरेको मे.६ प.३१७९ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेका पैदलयात्री गुरुङलाई ठक्कर दिएको थियो । गम्भीर घाइते भई गुरुङलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाएकोमा अस्पताल पुर्याउनसाथ चिकित्सकले चेकजाँच गर्दा मृत्यु भइसकेको थियोे ।
मोटरसाइकल चालक मेचीनगर नगरपालिका-७ बस्ने अन्दाजी ५२ वर्षीय गणेश राजवंशीसमेत घाइते भएका छन् । हात खुट्टा, अनुहार र मुखमा चोट लागेका राजवंशीको बीएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।