२०८३ असार ५ गते , शुक्रबार

बिर्तामोडका जोशीको दुबईमा मृत्यु

sajilo news
झापा
२०८१ कार्तिक ३० गते , शुक्रबार
बिर्तामोडका जोशीको दुबईमा मृत्यु

वैदेशिक रोजगारीमा गएका झापा बिर्तामोड नगरपालिका– २ का श्रवण जोशीको दुबईमा मृत्यु भएको छ । गत कात्तिक २१ गते ४५ वर्षको उमेरमा जोशीको मृत्यु भएको जनाइएको छ ।

उनको सुतेकै ठाउँमा मृत्यु भएको बिर्तामोड २ का वडाध्यक्ष किशोरकुमार पौडेलले जानकारी दिए । जोशीको शवलाई आज कनकाई माई नदीमा अन्त्येष्टि गरिने परिवारलाई उद्धृत गर्दै उनले जानकारी दिएका छन् ।

 

सम्बन्धित समाचार