२०८३ असार ५ गते , शुक्रबार

दार्चुलामा दर्शनार्थी सवार जिप दुर्घटना, ८ जनाको मृत्यु

sajilo news
झापा
२०८१ कार्तिक ३० गते , शुक्रबार
दार्चुलामा दर्शनार्थी सवार जिप दुर्घटना, ८ जनाको मृत्यु

दार्चुलाको मालिकार्जुन जात्राबाट दर्शनार्थी बोकेर गोकुलेश्वरतर्फ जाँदै गरेको जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ८ जना पुगेको छ ।जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार मृत्यु हुनेमा शैल्यशिखर नगरपालिका–९ नक्तड बस्ने ४५ वर्षीय दिलिप बिष्ट र ४० वर्षीया मिना लेखक, वडा नम्बर–५ लेकगाउँका ३० वर्षीय बिरेन्द्र रावल, २५ वर्षीया शान्ति रावल, बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर–५ का ५० वर्षीय बिरेन्द्र बोहरा सोही ठाउँका, १६ वर्षीय सुजिव बोहरा, युपी भारतका ४५ वर्षीय मोहमद शाकिर र मेजावट भारतका १८ वर्षीय मोहमद ओसिल रहेका छन् ।

यस्तै चालक मालिकार्जुन–८ पस्तीका सुनिल जोशीको टाउँकोमा गम्भीर चोट रहेको छ भने ठेगाना नखुलेका २२ वर्षीय प्रकाश रावल, डिलाशैनी–५ का उत्तम रोकाया, शैल्यशिखर लेकगाउँका सन्दिप रावल र भारतका रोहिन शाह सामान्य घाइते भएको बताइएको छ । घाइतेहरूको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मृतकको पहिचान खुले पनि मृतकका आफन्तहरू आइ नपुगेकाले लासहरूलाई गोकुलेश्वर अस्पतालमा राखिएको छ ।

सम्बन्धित समाचार