२०८३ असार ५ गते , शुक्रबार
आँखाको उपचार गराउन झापा आएका एक भारतीयको होटेलमा सुतेको अवस्थामा मृत्यु
आँखाको उपचार गर्नको लागि भारतबाट आएका एक भारतीयको होटेलमा सुतेको अवस्थामा मृत्यु भएको छ । मेची आँखा अस्पताल सैनिकमोड आई बिर्तामोड– ३ मा बलराम खनालले सञ्चालन गरेको आसाम भवन एन्ड लजमा कात्तिक २७ गतेबाट कोठा भाडामा लिई बस्दै आएका देश भारत सोनिकपुरका ५६ वर्षीय रामबहादुर भुजेल ओछ्यानमै मृत अवस्थामा फेला परेका हुन् ।
आज बिहान ७.३० बजे भुजेल ओछ्यानमै मृत अवस्थामा रहेको उनको साथमा ५६ वर्षीय धनबहादुर लामाले जानकारी गराएका थिए । प्रहरी चौकी बिर्ताबजारबाट टोली खटिएर सुरक्षित राखेको र थप अनुसन्धान तथा कानुनी प्रक्रियाको लागि इलाका प्रहरी कार्यालय बिर्तामोडबाट टोली गएको जनाइएको छ ।