२०८१ मंसीर २० गते , विहीबार

कोशीका कानुनी मन्त्री राना उपस्थित कार्यक्रम बहिष्कार गर्ने निर्णय

sajilo news
झापा
२०८१ कार्तिक २८ गते , बुधबार
कोशीका कानुनी मन्त्री राना उपस्थित कार्यक्रम बहिष्कार गर्ने निर्णय

फाकफोकथुम गाउँपालिका-५ लुम्देको नेकपा (एमाले) अध्यक्ष धनप्रसाद लिम्बुसहित १५ जना सदस्यको उपस्थिति बैठकले इलाम क्षेत्र नं २ का सांसद तथा कोशी प्रदेशका आर्थिक मामिला तथा कानुन मन्त्री राम राना उपस्थित भएको कुनै पनि कार्यक्रममा उपस्थित नहुने निर्णय गरेका छन् ।

इलाम क्षेत्र नं २ ख का सांसद तथा कोशी प्रदेशका आर्थिक मामिला तथा कानुन मन्त्री राम रानाले प्रदेशबाट विनियोजित योजनाहरूको समीक्षा सम्बन्धमा फाकफोकथुम गाउँपालिका-५ लुम्देमा आर्थिक वर्ष २०८१/८२ को विनियोजित योजनाहरूमा वडाका अतिआवश्यक योजनहरू पटक-पटक ध्यानआकर्षण गराउँदा पनि कुनै पनि शीर्षकमा योजना जनचाहना अनुसार नदिएकोले उक्त  प्रदेश मन्त्री   राम राना उपस्थित भएको कार्यक्रममा वडा नं. ५ पार्टीका प्रतिनिधि, स्थानीय र वडाका जनप्रतिनिधिहरू उपस्थित नहुने निर्णय गरेको पार्टीका अध्यक्ष धन प्रसाद लिम्बुले जानकारी दिए | 

इलाम जिल्ला अधिवेशन यही मङ्सिर २९ र ३० गते हुदैछ । त्यस अधिवेशनमा समेत राम राना अराजक हिसाबले लागि रहेका छन । एक बैठकमा उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीको हबला दिँदै नाम माथिबाट आउँछ पढेर म सुनाउँछु र अधिवेशन सकिन्छ सम्म भन्न भ्याए । उनी त्यत्तिमा मात्र रोकिएका छैनन् । प्रतिनिधिहरूलाई फोन गरेर धम्क्याउने अन्यथा गरेमा हिसाबकिताब गर्ने जस्ता कुरा गर्दै हिडिरहेको एक प्रतिनिधिको गुनासो रहेको छ । आफ्नो पदीय हिसाब र पद भन्दा तल झरेर उनले गरिरहेको कामले पार्टी, जनता र समाजलाई नै ठिक नगर्ने पार्टीका एक नेताले नाम नखुलाउने सर्तमा जानकारी दिए ।

सम्बन्धित समाचार