२०८३ बैशाख २४ गते , विहीबार

झापाको बाह्रदशीबाट पक्राउ परेका जुवाडेमाथि सात दिनको म्याद थपेर अनुसन्धान गर्दै प्रहरी

sajilo news
झापा
२०८१ कार्तिक २७ गते , मंगलबार
झापाको बाह्रदशीबाट पक्राउ परेका जुवाडेमाथि सात दिनको म्याद थपेर अनुसन्धान गर्दै प्रहरी

झापाको बाह्रदशीबाट पक्राउ परेका सात जना जुवाडेमाथि सात दिनको म्याद थपेर प्रहरीले अनुसन्धान शुरु गरेको छ । उनीहरूलाई आज अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान शुरु गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए । तास खेलिरहेको अवस्थामा १४ बुङ तास र नगदसहित ७ जना जुवाडे बाह्रदशीबाट पक्राउ परेका थिए । गएराति १२ः१५ बजे बाह्रदशी गाउँपालिका-५ फूलबारीका अन्दाजी ४२ वर्षीय धर्मचन्द्र साहको घरमा तास खेलिरहेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले छापा मारेको थियो ।

त्यसक्रममा नगद ८४ हजार ६७० रुपैयाँ, ३ थान मोबाइल फोन र १४ बुङ तास फेला परेको थियो ।  पक्राउ पर्नेहरूमा बाह्रदशी गाउँपालिका-५ का घरधनी धर्मचन्द्र साह, वडा- ४ का अन्दाजी ३९ वर्षीय भुजकर आलम, सोही वडाका ३६ वर्षीय भोला सहनी, ३९ वर्षीय कमल देवनाथ गणेश, वडा- ५ का अन्दाजी ४५ वर्षीय तजयमुल हुसेन, हल्दिबारी गाउँपालिका-१ का अन्दाजी ३४ वर्षीय सरल राई र सोही ठाउँका अन्दाजी ५७ वर्षीय जगदीश चौधरी रहेका छन् । उनीहरूलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ

सम्बन्धित समाचार