२०८३ असार ५ गते , शुक्रबार

घरको छतबाट खसेर कानुन व्यवसायीको मृत्यु

sajilo news
मोरङ
२०८१ कार्तिक २७ गते , मंगलबार
घरको छतबाट खसेर कानुन व्यवसायीको मृत्यु

विराटनगरमा आफ्नै घरबाट लडेर एक जना कानुन व्यवसायीको मृत्यु भएको छ । वरिष्ठ अधिवक्ता ६८ वर्षीय जगन फुयाँलको मृत्यु भएको प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार विराटनगर महानगरपालिका–७ स्थित आफ्नै घरबाट लडेर आइतबार दिउँसो फुयाँल गम्भीर घाइते भएका थिए ।

उनको उपचारका क्रममा मंगलबार बिहानका राति १२स्३५ बजेतिर मृत्यु भएको अधिवक्ता सञ्जयकुमार मेहताले जानकारी दिए । फुयाँलको न्युरो अस्पतालमा उपचार भइरहेको थियो ।  मेहताका अनुसार फुयाँल घरको छतबाट चिप्लिएर खसेका थिए । फुयाँलको घर मोरङ जिल्ला अदालतनजिकै पर्छ । फुयाँल घरको दुई तलामाथिको करिब २० फिट अग्लो रेलिङबाट खसेको अधिवक्ता मेहताले बताए । 

सम्बन्धित समाचार