२०८३ असार ५ गते , शुक्रबार

झापामा ट्रकको ठक्करबाट घाइते साइकल यात्री धितालको मृत्यु

sajilo news
झापा
२०८१ कार्तिक २७ गते , मंगलबार
झापामा ट्रकको ठक्करबाट घाइते साइकल यात्री धितालको मृत्यु

१९ दिनअघि ट्रकको ठक्करबाट घाइते भएका झापा कनकाई नगरपालिका–४ का ६१ वर्षीय टिकाराम धितालको उपचारका क्रममा मृत्यु भएको छ ।

गत कात्तिक ८ गते दिउँसो अन्दाजी १२ः४५ बजे कनकाई नगरपालिका-३ नयाँ बस्तीस्थित पूर्वपश्चिम राजमार्गमा बिर्तामोडबाट सुरुङ्गातर्फ जाँदै गरेको मधेस प्र०१–०० १ख ०३५४ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गर्दा बाटो क्रस गर्दै गरेका साइकल यात्रीलाई धिताललाई ठक्कर दिएको थियो ।

टाउको, दाहिने खुट्टा, नाकमा चोट लागेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि बीएण्डसी अस्पताल लगिएको थियो । गएराति ९ः२० बजे धितालको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

दुर्घटनापछि ट्रक चालक धादिङ धुनवेसी नगरपालिका ५ का २५ वर्षीय यादव सुवाललाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ भने ट्रक जिल्ला ट्राफिक प्रहरी कार्यालय र साइकल इलाका प्रहरी कार्यालय सुरुङ्गाको नियन्त्रणमा रहेको छ ।

सम्बन्धित समाचार