२०८३ बैशाख २४ गते , विहीबार

मानव तस्करी आरोपमा पक्राउ परेका पूर्वमन्त्री अधिकारीलाई दुई दिन हिरासत राख्‍न अदालतको अनुमति

sajilo news
झापा
२०८१ कार्तिक २५ गते , आईतबार
मानव तस्करी आरोपमा पक्राउ परेका पूर्वमन्त्री अधिकारीलाई दुई दिन हिरासत राख्‍न अदालतको अनुमति

कोशी प्रदेशका तत्कालीन मन्त्री लीलाबल्लभ अधिकारीलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ। पैसा असुलेर युवाहरूलाई जापान पुर्या‍उने प्रयास गरेर मानव तस्करी गरेको आरोप लागेका उनलाई काठमाडौं जिल्ला अदालतले दुई दिन हिरासतमा राख्न अनुमति दिएको हो। 

पूर्वमन्त्री अधिकारीलाई आज (आइतबार) पक्राउ गरेर विराटनगरबाट आजै काठमाडौं ल्याइएको थियो। ल्याएर अदालत पेस गरिएका उनलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न २ दिनको म्याद पाएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए। जापान काण्डमा मुछिएपछि अधिकारीले मन्त्रीबाट राजीनामा दिएका थिए। एमालेले पनि उनलाई निलम्बन गरिसकेको छ। 

सम्बन्धित समाचार