२०८३ असार ५ गते , शुक्रबार

तरुण दलले बनाइदियो भद्रपुरमा मेहराको घर

sajilo news
झापा
२०८१ कार्तिक २५ गते , आईतबार
तरुण दलले बनाइदियो भद्रपुरमा मेहराको घर

भद्रपुर । नेपाल तरुण दलले भद्रपुर–५ ठन्डा बस्तीमा निर्माण गरिएको मेहरा दायरीको घर बनाइदिएको छ । नेपाल तरुण दल भद्रपुर नगरपालिका वडा नं–५ को पहलमा मेहरा दायरीको घर आज आयोजित एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ । लगभग पाँच लाख रुपैयाँको लागतमा निर्माण गरिएको उक्त घर भद्रपुर नगरपालिकाका मेयर गणेश पोखरेलले मेहरा दायरीलाई हस्तान्तरण गरेका हुन् । 

नेपाल तरुण दल भद्रपुर–५ का वडा सभापति इन्द्र नेपालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि गणेश पोखरेलले तरुण दलको पहलमा घरबारविहीन व्यक्तिको घर निर्माण सराहनीय कार्य भएको भन्दै प्रशंसा गरे । यस्ता सामाजिक कार्यलाई जारी राख्नसमेत उनले तरुण दललाई आग्रह गरे।

कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य विजय रिजाल, उद्योगी टिकाराज ढकाल, नेपाल तरुण दल केन्द्रीय सदस्यद्वय श्याम सिटौला र राजेन्द्र उप्रेती, भद्रपुर–५ का वडाअध्यक्ष बन्धु कार्की, भद्रपुर–६ का वडाध्यक्ष रतिया राजवंशी, भद्रपुर–८ का वडाध्यक्ष मनोज सुब्बा (गौरव), नेपाल विद्यार्थी संघ झापाका अध्यक्ष सञ्जय निरौला तरुण दल क्षेत्रीय सभापति खड्ग सुब्बा, लगायतले शुभकामना मन्तव्य राखेका थिए । 

कार्यक्रममा नेपाल तरुण दलका वडा सभापति नेपालले घर निर्माण कार्यमा सहयोग पु¥याउने सबैप्रति आभारसहित धन्यवाद व्यक्त गर्दै मेहरा परिवारको सुखद भविष्यको कामना व्यक्त गरेका थिए । 

 

सम्बन्धित समाचार