२०८३ असार ५ गते , शुक्रबार

आज कुष्माण्ड नवमी

sajilo news
झापा
२०८१ कार्तिक २५ गते , आईतबार
आज कुष्माण्ड नवमी

कार्तिक शुक्ल नवमी, सनातन धर्मावलम्बीले आइतबार कुष्माण्ड नवमी मनाउँदैछन्। यो दिन भगवान् विष्णुले कुष्माण्डक नाम गरेको दैत्यलाई मारेको सनत्कुमार संहितामा  उल्लेख छ। यो दिन कुभिण्डो दान गर्दा ठूलो पुण्यलाभ हुने बताइन्छ। 

यो दिन शुरु गरेर एकादशीका दिन भगवान् कृष्णका साथमा तुलसीको विवाह गर्दा कन्यादान गरेको फल प्राप्त हुने उल्लेख भएको पुराणविद् तोयराज नेपाल बताउँछन्। नवमीदेखि तीनदिनसम्म  वैवाहिक उत्सव गरी   पीपलका साथमा अमलाको  विवाह गराउँदा  पनि  पुण्यलाभ हने उनी बताउँछन्। यो दिन अमलाका रुखमुनि ब्राह्मणभोजन गराउने वा वनभोज खाने चलन पनि छ।

सम्बन्धित समाचार