२०८३ बैशाख २४ गते , विहीबार

हल्दिबारीको डाइग्नोस्टिक सेन्टरको शौचालयभित्र शिशु मृत भेटिए, फालेर भाग्ने महिलाको खोजी गरिँदै 

sajilo news
झापा
२०८१ कार्तिक २४ गते , शनिबार
हल्दिबारीको डाइग्नोस्टिक सेन्टरको शौचालयभित्र शिशु मृत भेटिए, फालेर भाग्ने महिलाको खोजी गरिँदै 

हल्दिबारी । झापाको हल्दिबारीमा शिशु मृत फेला परेको छ । हल्दिबारी–१ गोलधापस्थित द नेपाल हेल्थ क्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टरको शौचालयभित्र मृत शिशु फेला हो । 

शिशुलाई शौचालयमा जन्माएर फालेर भागेको हुनसक्ने आशङ्कामा ती महिलाको खोजी शुरु गरिएको छ । शनिबार दिउँसो साढे २ बजेतिर क्लिनिकको शौचालयमा शिशु मृत फेला परेको प्रहरीले जनाएको छ । 

सिसिटिभी फुटेजमा एकजना महिला सिटी रिक्सामा आएको र क्लिनिकको बेन्चमा बसेको देखिएको हल्दिबारी १ का वडाध्यक्ष देवी थापाले जानकारी दिए । शिशुलाई शौचालयमा फालेर भाग्ने महिला चाँडै फेला पर्ने उनले बताए । 

सम्बन्धित समाचार