२०८३ असार ५ गते , शुक्रबार

छिमेकीको राँगोले हान्दा झापामा एक महिला घाइते

sajilo news
झापा
२०८१ कार्तिक २४ गते , शनिबार
छिमेकीको राँगोले हान्दा झापामा एक महिला घाइते

आफ्नै गोरुले हानेर झापा गौरादहमा एक जनाको मृत्यु भएको करिब एक सातापछि छिमेकीको राँगोले हान्दा कनकाई नगरपालिका– ५ तल्लो चप्रामारीकी एक महिला सख्त घाइते भएकी छन् ।

हिजो दिउँसो २ बजे तल्लो चप्रामारी टोल बस्ने गादु मियाले आफ्नो राँगो घर अगाडि खेतमा बाँधेकोमा सो राँगोले डोरी चुँडाएर छिमेकी ५० वर्षीया सरस्वती पराजुलीलाई हानेको हो । घाइते पराजुलीको कम्मरमुनिको भाग नचल्ने भएको छ । उनको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको र अवस्था मध्यम रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए ।

यसअघि कात्तिक १४ गते आफ्नै गोरुले हानेर गौरादहमा एक जनाको मृत्यु भएको थियो भने अर्का घाइते भएका थिए ।
गौरादह– ७ जामबारी बस्ने अन्दाजी ४८ वर्षीय कृष्ण शर्माको आफ्नै गोरुले हानेर मृत्यु भएको थियो ।सोही गोरुलाई समाउने क्रममा छिमेकी अन्दाजी ४५ वर्षीय रविन राजवंशी गम्भीर घाइते भएका थिए । करिब चार वर्षअघि आफ्नै घरमा पालेको गोरुले हानेर मेचीनगर–१४ प्रणामी नगरका ५० वर्षीय विष्णुप्रसाद श्रेष्ठको पनि मृत्यु भएको थियो ।

सम्बन्धित समाचार