अवैध सम्बन्धबाट जन्मिएको शिशुलाई झाडीमा फाल्ने झापाकी धिताल पक्राउ
अवैध सम्बन्धबाट जन्मिएको शिशुलाई झाडीमा फाल्ने आमा पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा झापा अर्जुनधारा नगरपालिका–६ घर भई हाल काठमाडौँ बस्दै आएकी २८ वर्षीया मेनुका धिताल रहेकी छन् ।
मकवानपुरको थाहा नगरपालिकामा सार्वजनिक शौचालयनजिकै झाडीमा धितालले १० दिने शिशु फ्यालेको प्रहरीले जनाएको छ । धितालले धारापानीस्थित दिदीको घरमा आएको बेला आफ्नो १० दिने शिशु (बालक) लाई झाडीमा फालेको स्वीकार गरेकी छन् ।
गत मंगलबार साँझ झाडीबाट शिशु रोएको आवाज आएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोलीले घटनास्थलबाट शिशुको उद्दार गरेको थियो ।
शिशु फाल्ने महिलाको खोजतलासका क्रममा स्थानीयले दिएको जानकारीअनुसार शिशुकी आमा धिताललाई उनको दिदीको घरमा भेटाएको प्रहरीले जानकारी दिएको छ । चार वर्षअघि सडक दुर्घटनामा श्रीमान् गुमाएकी धिताले फेसबुकबाट चिनजान भएको युवकसँगको अवैध सम्बन्धबाट शिशु जन्मिएको स्वीकार गरेकी छन् ।