२०८३ असार ५ गते , शुक्रबार
मेचीनगरमा कारसँग माेटरसाइकल ठोक्किँदा एक जनाकाे मृत्यु
झापा । झापाको मेचीनगरमा कारसँग माेटरसाइकल ठोक्किँदा एक जनाकाे मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत मेचीनगर नगरपालिका-७ टोकला चिया बगान नजिकै काँकडभिट्टाबाट इटाभट्टातर्फ जाँदै गरेको बा ६० प २५३७ नम्बरको मोटरसाइकलले ब्याक गर्दै गरेको बीएए–८६८७ नम्बरको कारलाई पछाडिबाट ठक्कर दिएको थियो ।
दुर्घटनामा परी मोटरसाइकल चालक मेचीनगर ७ का २५ वर्षीय राजमान बि.क. घाइते भएका थिए ।
उनलाई बीएण्डसी अस्पताल बिर्तामोड लगिएकाे र उपचारको क्रममा गएराति ९ः२५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मोटरसाइकल, कार र कार चालक रामेछाप खाँडादेवी गाउँपालिका-४ का ३४ वर्षीय दिनेश कँडेल इलाका प्रहरी कार्यालय काँकडभिट्टाले नियन्त्रणमा लिएको छ ।
।