२०८३ असार ५ गते , शुक्रबार

फिदिम आगलागीमा परी घाइते भएका भूपू सैनिक राईको मृत्यु

sajilo news
पाँचथर
२०८१ कार्तिक २२ गते , विहीबार
फिदिम आगलागीमा परी घाइते भएका भूपू सैनिक राईको मृत्यु

आगलागीमा परी घाइते भएका फिदिम नगरपालिका–२ का भूतपूर्व सैनिक जयप्रकाश राईको उपचारका क्रममा मृत्यु भएको छ । मंगलबार अपराह्न फिदिम–२ सामदिनस्थित आगलागीमा परेर घाइते भएका राईको उपचारका क्रममा गएराति कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको हो । घरमा अचानक आगो सल्केपछि सामान झिक्ने क्रममा जलेर गम्भीर घाइते भएका राईलाई फिदिमस्थित गणेशमानसिंह सामुदायिक अस्पतालबाट बिर्तामोडको बीएण्डसी अस्पताल भर्ना गरिएको थियो ।

त्यहाँ पनि उपचार सम्भव नभएपछि हिजो बिहान चन्द्रगढी विमानस्थलबाट सेनाको विमानमा कीर्तिपुर बर्न अस्पताल पुर्‍याइएको थियो ।उपचारकै क्रममा राति करिब एक बजे उनको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । राईको घरमा मंगलवार दिउँसो ४ बजे आगलागी भएको थियो । आगलागीबाट करिब ८५ लाख बराबरको क्षति भएको थियो ।

सम्बन्धित समाचार