२०८३ असार ५ गते , शुक्रबार

छठका लागि झापामा १५ सय बढी सुरक्षाकर्मी परिचालन

sajilo news
झापा
२०८१ कार्तिक २२ गते , विहीबार
छठका लागि झापामा १५ सय बढी सुरक्षाकर्मी परिचालन

झापा । आज हुने छठ पूजामा हुने भिडभाडमा कुनै अप्रिय घटना हुन नदिन झापामा १५ सय बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । जिल्लाका ५६ स्थानमा आयोजना गरिएको छठ पूजाको सुरक्षाका लागि ११ सय जना नेपाल प्रहरी , ४०० जना सशस्त्र प्रहरी र ५६ जना ट्राफिक प्रहरी परिचालन गरिएको हो ।

जिल्लाका ५६ ठाउँमा छठ पूजा आयोजना गरिएको र १५ ठाउँमा ठुलो सङ्ख्यामा सामूहिक घाट निर्माण गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए । उनले करिब ११ सय जना नेपाल प्रहरी जिल्लाका सबै पूजा स्थलमा परिचालन गरिएको जानकारी दिए । त्यस्तै सशस्त्रका ४ सयभन्दा बढी प्रहरी खटाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका एसपी कवीन्द्र राईले बताए ।

त्यस्तै ट्राफिक प्रहरीका करिब आधा जनशक्ति छठ पूजाको व्यवस्थापनमा खटिएका छन् । जिल्लाका ७ ठाउँमा ५६ जनालाई छठ पूजामा ट्राफिक व्यवस्थापनमा खटाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ नायव निरीक्षक अर्जुन सोडारीले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार