२०८३ बैशाख २४ गते , विहीबार

लेनदेनको विषयमा विवाद हुँदा दमकमा छुरा प्रहार, एक घाइते

sajilo news
झापा
२०८१ कार्तिक २० गते , मंगलबार
लेनदेनको विषयमा विवाद हुँदा दमकमा छुरा प्रहार, एक घाइते

झापाको दमकमा एक व्यक्तिमाथि छुरा प्रहार भएको छ । सोमबार दिउँसो १२ः५० बजे दमक ६ नमुना मार्ग बस्ने अस्तव आलमले सञ्चालन गरेको नमुना सटिङ सुटिङ टेलर्समा काम गर्ने दमक नगरपालिका-७ बस्ने २७ वर्षीय सोनु अहमदलाई धरान ३ बस्ने २९ वर्षीय एजात अहमदले छुरा हानेका हुन् ।

लेनदेनको विषयलाई लिएर विवाद हुँदा अहमदले धारिलो हतियार सोनुको पेटको बाँयापट्टी प्रहार गरी घाइते बनाएका थिए । घाइतेलाई लाइफ लाइन अस्पताल दमकमा सामान्य उपचारपश्चात् थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएकोमा त्यहाँ उपचार सम्भव नभएपछि धरान लगिएको छ ।

छुरा प्रहार गर्ने एजात अहमद तत्काल प्रदेश न।१–०२–०४५ प ६३१९ नम्बरको स्कुटरमा चढेर भाग्दै गर्दा दमक नगरपालिका ६ गणतन्त्र चोकमा आफै अनियन्त्रित भई दुर्घटना भएका छन् । बायाँ खुट्टामा चोट लागेका एजातको निम्स अस्पताल दमकमा प्रहरीको निगरानीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार