२०८३ बैशाख २४ गते , विहीबार

मेची पुलमा ब्राउन सुगरसहित एक पक्राउ

sajilo news
झापा
२०८१ कार्तिक १८ गते , आईतबार
मेची पुलमा ब्राउन सुगरसहित एक पक्राउ

मलद्वारमा ब्राउन सुगर लुकाएर ल्याउने कनकाई नगरपालिका- ६ बस्ने ३४ वर्षीय विक्रम हस्दा पक्राउ परेका छन् । हिजो साँझ ५ बजेको समयमा पुरानो मेची पुलमा भारतको पानीट्याङ्कीबाट पैदल नेपालतर्फ आउँदै गरेका हस्दालाई शंका लागेर प्रहरीले शरीर तलासी लिँदा मलद्वारमा प्लास्टिकसहित ६ ग्राम ७४० मिलिग्राम ब्राउन सुगर लुकाएर ल्याएको फेला परेको थियो ।

लागू औषधसहित नियन्त्रणमा लिई उनलाई आवश्यक कारबाईको लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार