२०८३ असार ५ गते , शुक्रबार
भाइटीका मनाउन नेपाल आउँदै गरेका दुई जनाको भारतमा कार दुर्घटना हुँदा मृत्यु
भाइटीका मनाउन भारतबाट नेपाल आउँदै गरेको कार दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।
भारतको पन्जाब राज्यबाट बढ्नी नाका हुँदै घर फर्किरहेको पि बि १० जेएन ६१९९ हुण्डाई कार र युपी ४७ टी २७०३ नम्बरको रोडवेज बस एक आपसमा ठक्कर खाएको थियो।
शनिबार बिहान भएको दुर्घटनामा परी कपिलवस्तु बाणगङ्गा नगरपालिका ९ बर्दहवाका दिनेश बेल्बासे र गैँडाकोट नगरपालिका वडा नम्बर ६ का अनिल सापकोटाको निधन भएको थाना पचपेडवा बलरामपुरले प्रेस विज्ञप्तिमार्फत जनाएको छ।
कारमा सवार मृतक बेल्बासेका पत्नी शारदा बेल्बासे, बाणगङ्गा नगरपालिका जितपुर नम्बर ४ निवासी टेकबहादुर र उहाँकी पत्नी धनकला घाइते भएकी छन्।