२०८३ बैशाख २४ गते , विहीबार

जुवातास खेलिरहेको अवस्थामा ४५ जना पक्राउ

sajilo news
झापा
२०८१ कार्तिक १६ गते , शुक्रबार
जुवातास खेलिरहेको अवस्थामा ४५ जना पक्राउ

विराटनगर महानगरपालिका-१७ दरैयामा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-१६ बस्ने ३५ वर्षीय हरेराम चौधरी समेत १७ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६० हजार रूपैयाँ र २ बुक सहित पक्राउ गरेको हो। त्यस्तै डडेल्धुराको गन्यापधुरा गाउँपालिका-३ गोयलखेत बस्ने ३२ वर्षीय दिपक देउवाको घरमा जुवातास खेलिरहेको अवस्थामा दिपक समेत २८ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ४१ हजार ८ सय ६९ रूपैयाँ र १६ बुक तास सहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

सम्बन्धित समाचार