२०८३ असार ५ गते , शुक्रबार
बिर्तामोडमा बाख्रा खोरमा सुतेका भारतीय नागरिकको मृत्यु
झापाको बिर्तामोड- १० विराट पोखरमा मादक पदार्थ सेवन गरी सुतेका एक व्यक्तिको बाख्राको खोरमा मृत्यु भएको छ । आज बिहान बिर्तामोड–१० बिराटपोखरस्थित हृदयराज पाठकको बाख्रा खोरमा भारतीय नागरिक ३५ वर्षीय सन्तोष यादव मृत अवस्थामा फेला परेका हुन् ।
भारत सितामढी आनन्दगंज घर भई विगत ५–६ वर्षदेखि इन्द्रप्रसाद सङ्ग्रौलाको जग्गा भाडामा लिई उनले खेतबारी गर्दै आएका थिए । प्रारम्भिक कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल पठाएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।