२०८३ असार ५ गते , शुक्रबार
लक्ष्मी पूजाका दिन काँकडभिट्टाको होटेलमा आगलागी
लक्ष्मी पूजाको साँझ झापाको काँकडभिट्टाको एक होटेलमा आगलागी भएको छ । बिहीबार राति साढे ८ बजे मेचीनगर– ६ काँकडभिट्टामा प्रेम गुरुङको ५ तलाको घरको भुइँतलामा रहेको न्यु सागर होटेलमा आगलागी भएको हो । फ्रिजबाट अचानक बिद्युत् सर्ट भई आगलागी हुँदा होटेलभित्र रहेको भाडा वर्तन, फ्रिज, फर्निचरलगायतका सरसामानहरू पूर्ण रूपले जलेर नष्ट भएको छ । जसबाट अन्दाजी ७ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।