२०८२ जेष्ठ ११ गते , शनिबार

झापामा पटाका पड्काउने क्रममा एक बालक घाइते

sajilo news
झापा
२०८१ कार्तिक १४ गते , बुधबार
झापामा पटाका पड्काउने क्रममा एक बालक घाइते

झापाको दमकमा पटाका पड्काउने क्रममा एक बालक गंभीर घाइते भएका छन् ।

हिजो साँझ ५ बजे दमक नगरपालिका वडा नम्बर–६ बस्ने ६ वर्षीय बिद्यम अग्रवाल पटका पड्काउने क्रममा घाइते भएका हुन् । उनको अनुहार जलेको छ ।

घाइते बालकलाई उपचारको लागि लाईफ लाईन अस्पताल दमकमा लगिएकोमा त्यहाँ उपचार संभव नभएपछि थप उपचारको लागि भारतको सिलिगुडीतर्फ रेफर गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार