२०८३ असार ५ गते , शुक्रबार
बेलवारीको फर्निचर उद्योगमा आगलागी
मोरङ बेलवारीको फर्निचर उद्योगमा भएको आगलागीबाट १५ लाख बराबरको क्षति भएको छ । गएराति १०.२०बजे बेलबारी –७ नहर चोक बस्ने गणेश चौधरीको फर्निचरमा आगलागी भएको हो ।
आगलागीबाट फर्निचरका सामान राख्नको लागि बनाएको घर, घरभित्र भएका फर्निचरका सामानसमेत जल्दा १५ लाख बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ । प्रहरी चौकी बाहुनीबाट खटिएको टोली , दमकल र स्थानीयको सहयोगमा राति ११ बजे आगो पूर्ण रुपमा नियन्त्रणमा आएको थियो ।