२०८३ असार ५ गते , शुक्रबार

आजको मौसम : हल्का वर्षाको सम्भावना

sajilo news
झापा
२०८१ कार्तिक १२ गते , सोमबार
आजको मौसम : हल्का वर्षाको सम्भावना

देशका पहाडी भूभागमा सोमबार हल्का वर्षाको सम्भावना छ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान पहाडी भूभागमा आंशिक बदली छ।  बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ। 

दिउँसो पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

महाशाखाका अनुसार राति पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। 

कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। विभागका अनुसार हाल देशभर पश्चिमी वायुको साथै पहाडी भूभागमा स्थानीय वायुको आंशिक प्रभाव छ।

सम्बन्धित समाचार