२०८३ असार ५ गते , शुक्रबार

चक्रवात ‘दाना’ को प्रभाव आजदेखि क्रमशः घट्दै जाने

sajilo news
झापा
२०८१ कार्तिक १० गते , शनिबार
चक्रवात ‘दाना’ को प्रभाव आजदेखि क्रमशः घट्दै जाने

बंगालको खाडीमा विकसित चक्रवात ‘दाना’ को आंशिक प्रभाव आजदेखि क्रमशः घट्दै जाने भएको छ।  अहिले देशका अधिकांश भूभागमा बदली भए पनि दिउँसोपख मौसम हल्का खुल्ने सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। भोलिबाट भने मौसममा थप सुधार आउने मौसमविद् रोजन लामिछानेले जानकारी दिए। उनका अनुसार आज देशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ। अन्य भूभागमा भने वर्षाको सम्भावना न्यून रहेको महाशाखाले जनाएको छ। 

आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम बढेको छ। पछिल्लो एकसातादेखि हिजोसम्म १४ डिग्री सेल्सियसको हाराहारी रहेकामा आज १६ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको मौसमविद् लामिछानेले बताए। 

सम्बन्धित समाचार