२०८३ असार ५ गते , शुक्रबार
इलाममा काठ बोकेको ट्रक पल्टियो, चालक र सहचालक घाइते
इलाममा काठको गोलिया बोकेको ट्रक दुर्घटना भएको छ । आज बिहान अन्दाजी २ बजे इलाम सूर्योदय– १० जोगमाई खोलास्थित फिक्कल– नाम्सालिङ कच्ची भित्री सडक खण्डमा नाम्सालिङबाट फिक्कलतर्फ आउँदै गरेको मे १ ख १९६६ नम्बरको काठको गोलिया लोड भएको ट्रक पल्टिएको हो ।
ट्रक अचानक अनियन्त्रित भई भिरबाट अन्दाजी ८ सय मिटर तल झरेर दुर्घटना हुँदा ट्रक चालक इलाम सूर्योदय– ९ रम्पोक बस्ने अन्दाजी ३० वर्षीय अमर पौडेल र सहचालक माईजोगमाई – ३ बस्ने अन्दाजी १९ वर्षीय सुवास थामी गम्भीर घाइते भएका छन् । दुवै घाइतेहरूलाई उद्धार गरी उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको छ । दुवै जनाको अवस्था अचेत रहेको र ट्रक घटनास्थलमा नै रहेको प्रहरीले जनाएको छ ।