२०८३ असार ५ गते , शुक्रबार

झापाको अर्जुनधारामा एक महिला मृत फेला

sajilo news
झापा
२०८१ कार्तिक ९ गते , शुक्रबार
झापाको अर्जुनधारामा एक महिला मृत फेला

झापाको अर्जुनधारामा एक महिला मृत फेला परेकी छन् । घलेन्द्रनाथ बास्तोलाको घरमा घरायसी काम गरी बस्ने  अर्जुनधारा- ६ कप्तानवारिकी अन्दाजी ५५ वर्षीया मिना दनुवार मृत फेला परेकी हुन् । गएराति खाना खाई आफ्नै कोठामा चुकुल लगाई सुतेकोमा आज बिहान अबेरसम्म नउठ्दा घरधनी बास्तोलाले बिहान ८.३० बजे प्रहरी चौकी शनिश्चरेमा खबर गरेका थिए ।

प्रहरी टोलीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमको लागि पठाएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । 

सम्बन्धित समाचार