२०८३ असार ५ गते , शुक्रबार
बिर्तामोडमा पैनीमा डुबेर वृद्धाको मृत्यु
झापाको बिर्तामोडमा पैनीमा डुबेर एक वृद्धाको मृत्यु भएको छ । आज दिउँसो अन्दाजी १ बजे बिर्तामोड नगरपालिका– ६ बुट्टावारिका अन्दाजी ७८ वर्षीया इन्द्रमाया राईको घरनजिकै पैनीमा डुबेर मृत्यु भएको हो ।
डुबिरहेको अवस्थामा उनकै नातिनी मनिषा राईले देखेर उपचारको लागि बिर्तामोडस्थित मनमोहन अस्पतालमा ल्याई डाक्टरले चेकजाँच गर्दा उनको मृत्यु भइसकेको थियो । मृतकको शव सोही अस्पतालमा रहेको प्रहरीले जनाएको छ ।