२०८३ असार ५ गते , शुक्रबार

फिदिममा अरिङ्गालले टोकेर एक युवकको मृत्यु

sajilo news
पाँचथर
२०८१ कार्तिक ९ गते , शुक्रबार
फिदिममा अरिङ्गालले टोकेर एक युवकको मृत्यु

पाँचथर ।  पाँचथरको फिदिममा अरिङ्गालले टोकेर एक जनाको मृत्यु भएको छ।  मृत्यु हुनेमा फिदिम–६ का २६ वर्षीय शुभराज तुम्रोक रहेको पाँचथर प्रहरीले जनाएको छ। बिहिबार दिउँसो घर नजिकै जंगलमा उनलाई अरिङ्गालले टोकेको थियो।

अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका उनको उपचारको लागि जिल्ला अस्पताल पाँचथर ल्याउने तयारी गर्दै गर्दा घरमै ज्यान गएको प्रहरीले जनाएको छ। उनको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल पाँचथरको शवगृहमा राखिएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार