२०८३ असार ५ गते , शुक्रबार

झापाको कनकाईमा ट्रकको ठक्करबाट साइकल यात्री घाइते

sajilo news
झापा
२०८१ कार्तिक ८ गते , विहीबार
झापाको कनकाईमा ट्रकको ठक्करबाट साइकल यात्री घाइते

झापाको कनकाईमा ट्रकको ठक्करबाट एक जना साइकल यात्री गम्भीर घाइते भएका छन् । बिहीबार दिउँसो अन्दाजी १२ः४५ बजे कनकाई नगरपालिका–३ नयाँ बस्तीस्थित पूर्वपश्चिम राजमार्गमा बिर्तामोडबाट सुरुङ्गातर्फ जाँदै गरेको मधेस प्र०१–००१ ख ०३५४ नम्बरको ट्रकले बाटो क्रस गर्ने क्रममा साइकल यात्रीलाई ठक्कर दिएको थियो ।

ठक्करबाट साइकल यात्री कनकाई –४ बस्ने ६१ वर्षीय टिकाराम धिताल गम्भीर घाइते भएका छन् । दाहिने खुट्टा कुच्चिएको, नाकमा चोट लागेका धिताललाई उपचारको लागि बीएण्डसी अस्पताल पठाइएको छ । ट्रक चालक धादिङ धुनवेसी नगरपालिका वडा नम्बर ५ बस्ने २५ वर्षीय यादव सुवाललाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ । त्यस्तै ट्रकलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडमा राखिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार