२०८३ असार ५ गते , शुक्रबार

धमाधम कर्मचारी कटौती गर्दै टिकटक

sajilo news
एजेन्सी
२०८१ कार्तिक ८ गते , विहीबार
धमाधम कर्मचारी कटौती गर्दै टिकटक

सामाजिक सञ्जाल प्लेटफर्म टिकटकले आफ्नो विश्वव्यापी कार्यालयबाट सयौं कर्मचारीहरूलाई हटाइरहेको छ।  टिकटकले मलेसियामा ठूलो संख्यामा कर्मचारीहरू कटौती गर्दै  एआईको  प्रयोगमा ध्यान केन्द्रित गरेको छ।

रोयटर्सलाई प्राप्त जानकारीअनुसार टिकटकले मलेसियामा ७०० भन्दा बढी रोजगारी कटौती गरिएको थियो। चीनको बाइटडान्सको स्वामित्वमा रहेको टिकटकले भने ५०० भन्दा कम कर्मचारी कटौती गरेको बताएको थियो।  कम्पनीको वेबसाइटका अनुसार बाइटडान्सका विश्वका २०० भन्दा बढी सहरहरूमा ११०,००० भन्दा बढी कर्मचारीहरू छन्।

सम्बन्धित समाचार