२०८३ असार ५ गते , शुक्रबार

मोरङमा पानीमा डुबेर दुई बालबालिकाको मृत्यु

sajilo news
मोरङ
२०८१ कार्तिक ६ गते , मंगलबार
मोरङमा पानीमा डुबेर दुई बालबालिकाको मृत्यु

मोरङमा पानीमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ । सोमबार दिउँसो ४.३० बजे धनपालथान –४ बस्ने सिताराम मण्डलकी ५ वर्षीया छोरी नीतिका मण्डलको आफ्नै घरनजिकै जमेको खाल्डोमा डुबेर मृत्यु भएको हो । डुबिरहेको अवस्थामा फेला पारी उपचारको लागि गोल्डेन अस्पताल विराटनगरतर्फ लगिएकोमा साँझ ५.२० बजे बालिकाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै हिजो दिउँसो ४ बजे बूढीगंगा गाउँपालिका– ५ स्थित बूढी खोलामा डुबेर सोही ठाउँ बस्ने खटर शर्माका १५ वर्षीय छोरा आनन्द शर्माको मृत्यु भएको छ । खोलामा नुहाउने क्रममा पानीमा डुबिरहेको अवस्थामा उनकी आमाले देखेर छिमेकलाई बोलाएकी थिइन् । सामुदायिक अस्पताल दुहबीमा प्राथमिक उपचार गराई थप उपचारको लागि विराट टिचिङ अस्पताल लगिएकोमा पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।

सम्बन्धित समाचार