२०८३ असार ५ गते , शुक्रबार

मलद्वारमा ब्राउन सुगर लुकाएर ल्याउने युवक मेची पुलमा पक्राउ

sajilo news
झापा
२०८१ कार्तिक ४ गते , आईतबार
मलद्वारमा ब्राउन सुगर लुकाएर ल्याउने युवक मेची पुलमा पक्राउ

पूर्वी नाका काँकडभिट्टाबाट १३ ग्राम ब्राउन सुगरसहित काभ्रेका एक युवक पक्राउ परेका छन् । मलद्वारमा लुकाएर ल्याउँदै गर्दा काभ्रेपलान्चोकको साबिक गाविस भिमखोरी ८ बस्ने २६ वर्षीय होमकुमार मैनाली पक्राउ परेका हुन् ।

गएराति ९ः३० बजे मेचीनगर– ६ पुरानो मेची पुलमा लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतको पानीट्याङ्कीबाट सिटी सफारीमा नेपालतर्फ आइरहेका मैनालीलाई शङ्का लागेर शरीर तलासी लिँदा मलद्वारमा प्लास्टिकसहित १४ ग्राम ८५० मिलिग्राम र प्लास्टिकबाहेक १३ ग्राम ब्राउन सुगर फेला परेको थियो । उनलाई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार