२०८३ असार ५ गते , शुक्रबार

गाईघाटबाट काँकडभिट्टा आइरहेको बस दुर्घटना : एक जनाको घटनास्थलमै मृत्यु, २६ घाइते

sajilo news
रासस
२०८१ कार्तिक ४ गते , आईतबार
गाईघाटबाट काँकडभिट्टा आइरहेको बस दुर्घटना : एक जनाको घटनास्थलमै मृत्यु, २६ घाइते

सप्तरी । कञ्चनरुप नगरपालिका बरमझियामा आज बिहान बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छभने २६ जना घाइते भएका छन् । 

कञ्चनपुरस्थित इलाका प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परी आठ जना गम्भीर घाइते भएका छन् । उनीहरूलाई  उपचारका लागि विराटनगर पठाइएको छ । घाइते अन्य १८ जनाको उपचार स्थानीय धर्मेश्वर अस्पतालमा  भइरहेको छ । दुर्घटनामा उदयपुरकी २१ वर्षीया मैया राईको मृत्यु भएको हो । उदयपुरको + गइरहेको बस विपरीत दिशाबाट आएको मोटरसाइकल जोगाउन खोज्दा दुर्घटना भएको हो ।

सम्बन्धित समाचार