२०८३ असार ५ गते , शुक्रबार

अलैचीबारीमा एक महिला मृत भेटिइन्

sajilo news
झापा
२०८१ कार्तिक ४ गते , आईतबार
अलैचीबारीमा एक महिला मृत भेटिइन्

संखुवासभाको चैनपुरमा अलैचीबारीमा एक महिला मृत फेला परेकी छन् । चैनपुर– ५ केराबारी बस्ने ६० वर्षीया गङ्गामाया खनाल घरदेखि अन्दाजी २ सय मिटर टाढा रहेको अलैचीबारीमा मृत फेला परेकी हुन् ।

हिजो दिउँसो अन्दाजी १ बजे गङ्गामाया अलैचीबारीमा घाँस काट्न गएकीमा घर फर्की नआएपछि खोजतलास गरिएको थियो । उनका बुहारी ३५ वर्षीया चित्रकुमारी बोगटी खनालले दिउँसो ४ः५० बजे अलैचीबारीमा लडिरहेको अचेत अवस्थामा फेला पारी आफन्तलाई जानकारी गराएकी थिइन् ।

घरमा ल्याउँदा उनको मृत्यु भइसकेको प्रहरीले जनाएको छ । उनी उच्च रक्तचापसम्बन्धी बिरामी भई औषधी सेवन गर्ने गरेको बुझिएको छ ।

सम्बन्धित समाचार