२०८३ असार ५ गते , शुक्रबार

धरानमा आगलागी, किराना पसल जल्दा सात लाखको क्षति

sajilo news
सुनसरी
२०८१ कार्तिक ३ गते , शनिबार
धरानमा आगलागी, किराना पसल जल्दा सात लाखको क्षति

सुनसरीको धरानमा आगलागी भएको छ । राति ९ः४९ बजेतिर धरान उपमहानगरपालिका–१३ जिरो प्वाइन्टस्थित श्रीकृष्ण प्रणामी मन्दिरको पक्की सटरमा शंकर शाहले भाडामा संचालन गर्दै आएको किराना तथा सब्जी पसलमा आगलागी भएको हो ।

अचानक विद्युत सर्ट भई आगलागी हुँदा सटरभित्र रहेका सम्पूर्ण किरानाका सामान र नगद ७० हजार जलेर नष्ट हुँदा करिब ७ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । स्थानीय बासिन्दा ,धरान उपमहानगरपालिकाको दमकल र प्रहरीको सहयोगमा राति ११ बजेतिर आगो नियन्त्रणमा आएको थियो ।

सम्बन्धित समाचार