२०८३ असार ५ गते , शुक्रबार

फिदिमका प्रमुख र उपप्रमुखले खानेपानी अध्यक्षलाई थुनाएपछि विरोधमा प्रदर्शन

sajilo news
पाँचथर
२०८१ कार्तिक २ गते , शुक्रबार
फिदिमका प्रमुख र उपप्रमुखले खानेपानी अध्यक्षलाई थुनाएपछि विरोधमा प्रदर्शन

फिदिम खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष प्रकाश गुरुङलाई बिनाशर्त रिहाईको माग गर्दै उपभोक्ताहरुले आज प्रदर्शन गरेका छन् ।

आज दिउँसो ४ बजे फिदिम –४ स्थित फिदिम खानेपानी तथा सरसफाई उपभोक्ता समितिको कार्यालयबाट समितिका सचिव डने शेर्पाको नेतृत्वमा विरोध र्याली निकाली फिदिम बजार, जिल्ला प्रहरी कार्यालय पाँचथरको गेट अगाडि हुँदै पुनः सोही स्थान पुगेर समापन भएको थियो । र्यालीका सहभागीहरुले “झुटो आरोप लगाएर पक्राउ गर्न पाईदैन, झुटो मुद्दा फिर्ता गर, प्रकाश गुरुङलाई बिनासर्त रिहाई गर, सम्पूर्ण फिदिम खानेपानी उपभोक्ताहरू एक हौ“ जस्ता नारा लगाएका थिए ।

गत असोज ११ र १२ गते अबिरल बर्षाका कारण फिदिम बजारमा आउने खानेपानीको मुहानमा क्षति भएको थियो । त्यसको मर्मतको लागि फिदिम नगरपालिकाले बजेट नछुट्याएपछि आक्रोशित हुँदै उपभोक्ता समितिका अध्यक्ष गुरुङले असोज २९ गते बिहान ८ः३० बजे फिदिम –१ स्थित फिदिम नगर प्रमुख मित्रप्रसाद काफ्ले, उपप्रमुख राधाकृष्ण न्यौपानेको घरमा खानेपानीको पाइप अवरुद्ध गरि दुर्व्यवहार गरेका थिए ।

गुरुङलाई गएराति ९.३० बजे फिदिम –४ गढीस्थित निजी निवासबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पाँचथरमा राखिएको छ ।

 

सम्बन्धित समाचार