२०८३ असार ५ गते , शुक्रबार

कचनकवलमा अटो र मोटरसाइकल ठोक्किँदा तीनजना घाइते

sajilo news
झापा
२०८१ कार्तिक २ गते , शुक्रबार
कचनकवलमा अटो र मोटरसाइकल ठोक्किँदा तीनजना घाइते

दक्षिणी झापाको कचनकवल–३ दुर्गाभिट्टा सामुदायिक वनस्थित अधिकारी चोक–घेरावारी भित्री सडक खण्डमा अटो र मोटरसाइकल एकापसमा ठोक्किँदा तीन जना घाइते भएका छन् ।

हिजो दिउँसो अन्दाजी ३.३० बजे दक्षिणबाट उत्तर आउँदै गरेको प्रदेश १ – ०१–००१ ह ८१६५ नं को अटो र विपरीत दिशाबाट जाँदै गरेको मे ३प ९८२८ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए । दुर्घटनामा मोटरसाइकल चालक कचनकवल– ३ दल्की बस्ने अन्दाजी ३६ वर्षीय जीवन मगर र मोटरसाइकलमा पछाडि सवार उनकी श्रीमती अन्दाजी ३५ वर्षीया शान्ति मगर घाइते भएका छन् । जीवनको अवस्था गम्भीर र शान्तिको सामान्य रहेको छ ।

त्यस्तै अटोमा सवार भारत आसाम घर भई आफन्तकोमा आएका अन्दाजी ५० वर्षीय विष्णु रेग्मी सामान्य घाइते भएका छन् । अटो चालक कचनकवल –६ बस्ने अन्दाजी ४६ वर्षीय सुरज राजवंशी भने सकुशल रहेका छन् । घाइतेहरूलाई उपचारको लागि ओमसाई पाथीभरा अस्पताल भद्रपुर पठाइएको , अटो र मोटरसाइकल प्रहरी चौकी पथरियाको नियन्त्रणमा रहेको जनाइएको छ ।

सम्बन्धित समाचार